अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

सर्लाही । सर्लाहीको सदरमुकाम मलगंवामा शनिवार अखिल नेपाल महिला संघकाे आयाेजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा महिला हिंसामा केन्द्रित रहेर महिला हत्या, हिंसा र बलात्कार जस्ता घटनाको समस्या, चुनौती र समाधान सम्बन्धमा सरोकारवालाहरु संग छलफल गरिएको हो । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । सर्लाहीमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको अनेम संघ सर्लाहीकी अध्यक्ष बिबा नेपालले जानकारी गराइन । सप्ताहव्यापी रुपमा मनाउन लागेको कार्यक्रमको आज तेस्रो दिन रहेको समेत अध्यक्ष नेपालले बताएकी छिन् । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली निकालेका छन् । भने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका पूर्व संविधान सभा सदस्य रन्जना सरकार, प्रदेशसभा सदस्य बेची लुङ्गेली, सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल, नेकपाका केन्द्रीय सदस्य द्वय लक्षमण पौडेल र अच्युतम काफ्ले, नेकपाका जिल्ला अध्यक्ष रेवती पन्त, अनेम संघकी केन्द्रीय सदस्य द्वय मिरा कार्कि र बिनिता दाहाल, अनेम संघ सर्लाहीकी जिल्ला ईन्चार्ज साबित्रा बुढाथोकी, नेपाल वार एसोसिएसनका अध्यक्ष अधिवक्ता राम नरेश चौधरी, समाजसेवी भवानी कोइराला, नागरिक समाजका अगुवा द्वय उग्रकान्त झा र शिवचन्द्र चौधरी, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटा शंकर यादव, बुद्धिजीवि, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया