अस्पतालमा भन्दा मेडिकल हलमा भिड

पाँचथर । फिदिम नगरपालिका फिदिमबजार मेनलाइनमा रहेको असिम मेडिकल हलमा बिरामी हरूको भिडलाग्ने गरेको छ । बिरामीहरू फिदिम सदरमुकाममा रहेको सरकारी अस्पतालमा उपचार गर्न नगई मेडिकल हलमा उपचारका लागि आउने गरेका छन् । शुक्रबार उक्त मेडिकल हलमा मुटु, प्रेसर, सुगर र पेटका बिरामीहरूले उपचार गराएका छन् । दिनहुँ उक्त मेडिकल हलमा बिरामीहरूको भिडलाग्ने गरेको छ । मेडिकल हलमा शुक्रबार १ सय ४० जना बिरामीले उपचार गरी घर फर्किएका डाक्टर पवन पराजुलीले जानकारी दिए ।

मेडिकल हलले फिदिममा आठ बर्षदेखि प्रभावकारी उपचारको बातावरण गराउँदै आएको छ । बिरामीहरूको ल्याब टेस्टमा रगत, इसिजी, एक्स–रे मार्फत रोगको जाँच गरिने गरेको मेडिकल हलका प्रोप्राइटर केपी मैलालीले जानकारी गराए । डाक्टर पराजुलीबाट उपचार प्रभावकारी हुने भएकाले उपचार गराउन आएको फिदिम सुखबोध माविका पूर्वप्रअ पूष्पप्रसाद भण्डारीले बताए ।

उक्त मेडिकल हलमा बिगत आठ वर्षदेखि नै हड्डी, नाक, कान , घाँटी, मानसिक रोगी, छाला, यौन तथा कुष्ठ साथै बालरोगको उपचार गराउँदै आएको पाइन्छ । फिदिम बजारभित्र सात वटा मेडिकलहरू रहेका छन् । मेडिकलहलमध्ये असिम मेडिकलबाट सुलभ उपचारसहित गुणस्तरीय औषधि वितरणले पनि उपचार गराउन मेडिकल हलमा भिड लाग्ने गरेको प्रेसर चेक गराउन आएका कृष्ण जैसीले जनाए । मेडिकल हलले जिल्लाबाहिर सुविधासम्पन्न अस्पतालमा उपचार गराउन शारीरिक र आर्थिकरूपले कमजोर बिरामीहरूका लागि गुणस्तरीय सेवा उपलब्ध गराएको प्रोप्राइटर केपी मैनालीले बताए ।

प्रतिक्रिया