ताल बाराही मन्दिरमा प्रभु बैकको क्यूआर कोड

काठमाडौ । प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्न क्यूआर कोड हस्तान्तरण गरेको हो । यो सुविधा सँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिग एप्लिकेसन मार्फत भेटी तथा दान दिन सक्छन । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यले सो सेवाको सुरुआत गरिएको हो । एक कार्यक्रममा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुन ।

प्रतिक्रिया