कमल खनालको ‘रुमाल’

काठमाडौं । लोकप्रिय सर्जक तथा गायक कमल खनालको नँया साङ्गीतिक कोसेली ‘रुमाल’ सार्वजनिक भएको छ । केहि समयको अन्तराल पछी लोक गायक कमल खनालले रुमाल प्रस्तुत गरेका हुन । कमल खनाल नामक युट्युब च्यानल मार्फत गत सुक्रबार देखी रुमाल सार्वजनिक भएको हो ।

कमल खनालको शब्द अनि संगीत रचनामा तयार भएको उक्त रुमाल नामक गीतमा सर्जक खनाल सँग गायिका अन्जु पन्तको स्वर रहेको छ, भने सहायक गायिकाको रुपमा स्मृती शाही र पुष्पा बोहोराको समेत आवाज सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडियोमा नायक पल शाह र गरिमा शर्माको अभिनय रहेको छ । उक्त म्यिजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन । नवराज उप्रेती ले छायांकन गरेको भिडियोका केहि दृश्य अमेरिकामा बिनोद भण्डारीले खिचेका हुन ।

हाल अमेरिकामा बस्दै आएका पाल्पाली गायक एबम सर्जक खनालका केहि बर्ष पहिलेका थुप्रै सृजना हरु डाली पलयो, रातो सारी निलो पछेउरी, छुट्टिने दिन आयो, भेटौला अबश्य, आउ नाचौ पञ्चे बाजामा, लगायक चर्चित एबम लोकप्रिय छन ।

प्रतिक्रिया