हाब्रे संरक्षण परियोजनाको जिल्ला स्तरिय गोष्टी सम्पन्न

कालीकोट । पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना २०२१ को जिल्ला स्तरिय सरोकारवालाहरुगको गोष्टी सम्पन्न भएको छ ।

मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाको अध्यक्षतता, सहयाक प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्टको प्रमुख आतिथ्यता तथा प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्र बहादुर शाह, रेडपाण्डा नेटवर्कका जिल्ला संयोजक दिनेश घलेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना २०२१ को जिल्ला स्तरिय सरोकारवालाहरुगको गोष्टी प्रारम्भिक गोष्टीमा हाब्रेको संरक्षण, हाब्रेसम्बन्धि २०२१ को कार्यतालिका समेत प्रस्तुत गरिएको थियो । लोप हुँदै गएको रेडपाण्डा (हाब्रे) संरक्षण गर्न कालीकोटका सरकारी तथा गैरसरकारी संस्थाहरु सक्रिय हुनुपर्ने सहभागिहरुले बताएका छन् ।

रेडपाण्डा पाइने कालीकोटका ३ वटा स्थानिय तह महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र पचालझरना गाउँपालिकाका अधिकांश क्षेत्रमा हाब्रे भेटिएको रेडपाण्डा नेटवर्कको एक रिपोर्टले जनाएको छ ।

पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना २०२१ को जिल्ला स्तरिय सरोकारवालाहरुगको गोष्टीमा हुेरन्डेकका उपाध्यक्ष बुढाले रेडपान्डा बहुमूल्य नभई लोप हुन लागेको दुर्लभ प्राणी भन्दै यसको संरक्षणमा सबैको चासो हुनुपर्ने बताए ।

हुरुन्डेक नेपाल कालीकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीले आगलागीबाट वन्यजन्तु बचाउन सबै नागरिकहरु संवेदनशिल हुनु पर्ने बताएका छन् । साथै शाहीले बन्यजन्तु संरक्षणका चुनौती, कुन कुन प्रजातिका वन्यजन्तु संरक्षण छन्छै–नन् भन्ने विषयमा प्रष्ट पारे ।

रेडपाण्डा नेटवर्कका जिल्ला कार्यक्रम संयोजक दिनेश घलेले हालसम्मको रिपोर्ट अनुसार विश्वमा दश हजारको हाराहारीमा रेडपाण्डा रहेको बताउँदै नेपालमा मात्र पाँच सयको तुलनामा रेडपाण्डा रहेको बताए । वन्यजन्तु संरक्षणमा वातावरण बचाउ अभियान महत्वपूर्ण रहेको पनि घलेले बताए ।

रेडपाण्डा संरक्षक घलेले कार्यक्रममाथि प्रष्ट पार्दै वन्यजन्तु नै हाम्रा सम्पती रहेको बताए । साथै उनले पर्यटयिक दृष्टिकोणले दुर्लभ रेडपाण्डा बचाउन सबैको चासो रहनुपर्ने बताए ।

हिमालयन सामुदायिक श्रोत विकास केन्द्रका अध्यक्ष कर्ण प्रसाद चौलागाँईले वातावरण, जंगलको संरक्षण हामीले गर्न नसके वन्यजन्तु संरक्षण गर्न नसक्ने बताउँदै सवैले हरियो बनलाई मास्न नहुने बताए ।

उक्त गोष्ठीमा सहभागी सम्पूर्णले नागरिक समाज, स्थानियवासी, तीनै तहका सरकार सबैले वनजंगल संरक्षण गरी जंगलमा वासस्थान बनाएका वन्यजन्तुको रेखदेख गर्ने र सिकार रोक्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ कालिकोट अध्यक्ष तुलराम पाण्डे, महासंघका सचिव खडानन्द अधिकारी लगाएत नागरिक समाज,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया