‘यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छ’

काठमाडाैं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमतिका पछाडि आफ्ना महान आकांक्षा रहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफुहरुको सुन्दर नेपाल बनाउने आकाँक्षा रहेको बताएका हुन् । ‘यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छ । नेपाललाई सुन्दर नेपाल बनाउने आकाँक्षा छ । जनताको समृद्धिको आकांक्षा पूरा गर्नुछ’, उनले भने, ‘हाम्रो जीवन बलिदान गर्छौँ, सहिदको सपना मर्न दिँदैनौँ।’

अहिले पनि नेपालमा मजदूरहरुको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले नेपालमा अहिले पनि कसैले सुरक्षित अनुभूत गर्नसक्ने अवस्था नरहेको बताए । उनले देशमा फर्केपछि फेरि विदेश फर्कन नपरोस् भन्ने चाहना नेपाली जनतामा रहेको पनि बताए।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच सम्पन्न सहमितमा शुक्रबार हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट खड्ग विश्वकर्माले हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया