आन्तरिक छलफलमा विप्लव समूहका नेताहरु

काठमाडौं । नेकपा विप्लव समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार काठमाडौं आएका विप्लवले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, जेलबाट आज रिहा भएका नेता धर्मेन्द्र बाँस्तोला लगायतसँग भेटघाट तथा छलफल गरेका हुन् ।

केहीबेरमा विप्लव राष्ट्रियसभा गृहमा हुने विशेष समारोहमार्फत औपचारिक रुपमा सार्वजनिक हुनेछन् । सोही समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभा गृहमा सरकार र विप्लव समूहबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया