‘तिम्रो हुने कहिले ?’ को रोमान्टिक गीत

काठमाडौं । राजु गिरीको कथा तथा निर्देशन रहेको चलचित्र ‘तिम्रो हुने कहिले ?’ को शीर्ष गीत सार्वजनिक भएको छ । रोमान्टिक भावको यस युगल गीतमा गायक बबुल गिरी र गायिका सुजाता केसीले आवाज दिएका छन् । गीतमा शब्द, संगीत तथा संगीत संयोजन गायक बबुलकै छ । गीतमा नितु पौडेल र रमिला बानले कोरस स्वर दिएका छन् ।

मनोज डंगोलको रेकर्डिङ र मिक्सिङ रहेको यो गीतको गिरिस रिजालले डबिङ गरेका छन् । गीतको भिडियो क्लासिक फार्म मुभिको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बास्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललितसिंह साउद, शेखर खनाल, यश अधिकारी, रचना पौडेल, काजल गिरी, कंगना बस्नेत, सरोज मानन्धर लगायतको अभिनय छ । भिडियोमा कोरियोग्राफी सुरेश पाण्डे र सुनिता बस्नेत तथा मेकअप रुपा मानन्धरले गरेका छन् । जसको छायांकन रामकृष्ण चौलागाईले र सम्पादन ललितसिंह साउदले गरेका छन् । आगामी बैशाख १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने बताइएको यो चलचित्रका निर्माता श्याम खत्री हुन् ।

प्रतिक्रिया