मिसेस ग्ल्याम

काठमाडौं । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा ‘मिसेस नेपाल ग्ल्याम २०२१’ हुने भएको छ । इन्टरटेनमेन्टले बिहीबार विज्ञप्ति जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’ को आयोजना र सहभागिताबारे जानकारी गराएको हो । प्रतियोगिताको छनोट चरणको अडिसन आगामी ७ चैतमा हुनेछ । अडिसनमा सहभागिताका लागि अनलाइनमार्फत र ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहल र आधिकारिक फेसबुक अकाउन्टबाट आवेदन फर्म भर्न सकिने जनाइएको छ । प्रतियोगिताको यो तेस्रो सिजन हो । २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले सहभागिताका लागि आवेदन दिन सक्नेछन् । विवाहित महिलाको प्रतिभा निखार्दै उनीहरूको भविष्यलाई सिर्जनशील बनाउने उद्देश्यका साथ प्रतियोगिता गर्न लागिएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका प्रिती कार्कीले बताइन् ।

शीर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षणसहित अन्तिम प्रतिस्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए । प्रतियोगिताका बिजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेसन’ मा सहभागिता जनाउन पाउनेछन् । यसअघिको ‘मिसेस नेपाल ग्ल्याम’ को उपाधि अलाइजा महर्जन, मिनु प्रधान लगायतले हात पारेका थिए । अलाइजाले ‘मिसेस इन्टरनेसनल २०१८’ प्रतियोगिताबाट उनले ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मस्ट इन्टेलेक्च्यु अल ब्युटी’, ‘बेस्ट सेल्फ इन्टरडक्सन’ र ‘बेस्ट टेवल सेटअफ’ उपाधिसमेत नेपाल भित्र्याएकी थिइन् । गतवर्ष कोरोनाका कारण यो प्रतियोगिता आयोजना हुन सकेको थिएन । यस वर्षबाट त्यसले फेरि निरन्तरता पाएको हो ।

प्रतिक्रिया