अर्थबजार

ज्योति विकास बैंकद्वारा बेबी वार्मर प्रदान

सौर्य अनलाइन २०७७ फागुन २१ गते ७:२५ मा प्रकाशित

काठमाडौं । ज्योति विकास बैंकले बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबद्र्धन कोष’ बाट दुई स्वास्थ्य संस्थालाई बेबी वार्मर प्रदान गरेको हो । बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ । बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप केसीद्वारा संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेल बहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

त्यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जगं अधिकारी र आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्त रुपमा अस्पताल संचालक समितिकी सदस्य सीता कंडेल र डा.मिलन मल्ललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय