महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ । बैंकले सिद्घार्थनगर दोगहरामा अवस्थित दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना विद्यालय पोशाक वितरण गरेको हो ।

उक्त वडाका अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले विद्यार्थीका अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए । कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया