जिम्बावेसँग अफगानिस्तान १० विकेटले पराजित

काठमाडौं । जिम्बावेले पहिलो टेष्टमा अफगानिस्तानलाई १० विकेटले पराजित गर्दै दुई खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि अफगानिस्तानले दिएको जम्मा १७ रनको लक्ष्य जिम्बावेले ३.२ ओभर खेल्दै बिना क्षति पूरा गर्दै दोस्रो दिनमै जित हात पारेको हो । दोस्रो इनिङ्समा अफगानिस्तान १३५ रनमै अलआउट भएपछि जिम्बावेले जितका लागि १७ रनको लक्ष्य पाएको हो । जसमा केभिन कासुजाले ११ र प्रिन्स मासभाउरेले ५ रन जोड्दै जिम्बावेलाई जित दिलाए ।

दोस्रो इनिङ्समा अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक ७६ रन बनाए । यस्तै कप्तान असगर अफगानले १४ रन जोड्दा अमिर हाम्जा २१ रनमा अविजित रहे । जिम्बावेका लागि भिक्टोर न्याउची र डोनाल्ड ट्रिपानोले ३–३ तथा ब्लेसिङ मुजाराबानीले २ विकेट लिए । त्यसअघि १३३–५ बाट दोस्रो दिन पहिलो इनिङ्स थालेको जिम्बावेले ७२ ओभर खेल्दै सबै विकेट गुमाएर २५० रन बनाएको थियो । जिम्बावेका कप्तान सिन विलियम्सले १०५ रन बनाए । विकेटकिपर रेगिस चकाभाले ४४ रन जोडे ।अफगानिस्तानका अमिर हाम्जाले ६ विकेट लिए । अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान पहिलो इनिङ्समा १३१ रनमा अलआउट भएको थियो ।

प्रतिक्रिया