७० प्रतियोगी छनोट

काठमाडौं । विद्यालय अध्ययनरत् बालबालिकाको प्रतिभा चिनाउने लक्ष्यका ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२१’ आयोजना हुने भएको छ । भक्तपुरको निस्ट स्कुल तथा इनोभेसन इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजना हुन लागेको उक्त प्रतियोगितामा ५ देखि ९ वर्षका छात्र तथा छात्राले सहभागिता जनाउन सक्ने जनाइएको छ । प्रतियोगितामा बालबालिकाको आत्मविश्वास बढाउने, समाजमा सबैलाई कसरी सम्मान गर्ने तथा व्यक्तित्व विकासका कुरा सिकाउनुको साथै नृत्य, गायन, कला लगायतका विषय सिकाइने आयोजकले बताएको छ । कार्यक्रमको पहिलो चरणको अडिसन केही दिनअघि र दोस्रो चरणको अडिसन शनिबार गर्न लागिएको जनाइएको छ ।

आयोजक भक्तपुर निस्ट स्कुलका प्रधानाध्यापक दीलिप रानाले पहिलो चरणमा ७० जना बालबालिका छनोट भएको जानकारी दिए । उनले विद्यार्थीलाई पढाइको अलवा अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराउने उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको बताए । पाँचदेखि सात तथा आठदेखि नौ वर्षका बालबालिका गरी दुई समूहमा विभाजन गरेर प्रतियोगिता हुँदैछ । रानाले १४ चैतमा जमलस्थित नाचघरमा अन्तिम प्रतिस्पर्धा हुने जनाए । किजेताले शीर्ष ताजसहित विभिन्न पुरस्कार प्राप्त गर्न सक्ने आयोजक पक्षले बताएको छ ।

प्रतिक्रिया