नेपाल बैंक र सन्धिखर्क नगरपालिका सम्झौता

काठमाडौ । नेपाल बैक लिमिटेड र सन्धिखर्क नगरापलिाका बीच सहुलियत दरमा व्यवसायिक कृषि कर्जा दिन सम्झौंता भएको छ । विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएकालाई प्राथमिकतामा राखेर सुलभ कृषि कर्जा कार्यक्रम दिन बैंकसँग सम्झौंता गरेको मेयर प्रमुख कमलप्रसाद भुसालले बताएका छन । ऋण लिँदा सेवा शुल्क नलाग्ने र ब्याजदर पनि तीन प्रतिशतको हाराहारीमा मात्रै रहने बैंकका लुम्विनी प्रदेश प्रमुख लेखनाथ भुसालले बताए ।

सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले अन्य सेवाहरु इन्टरनेट बैंकिंग, एटिएम सेवा, इविविएस लगायतका सेवाहरु समेत निशुल्क प्रदान गरिने भएको छ । सन्धिखर्क नगरपालिकाको ७५ लाख रुपैयाँ र नेपाल बैंकको ७५ लाख गरी एक करोड ५० लाख रुपैयाँ कृषि पेशा गर्ने युवालाई एक लाख देखि ३ लाख सम्म सुलभ कर्जा प्रदान गरिने भएको छ ।

कोभिडको कारणबाट विदेशबाट फर्किएका, हातमा सीप, श्रम र क्षमतावान भएका मानिसलाई कर्जामा पहुँच पु¥याउन बैंकसँग सम्झौंता गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुरकुमार विकले स्रोत साधन नभएका युवाहरुलाई कृषिमा प्रोत्साहित गर्न सुलभ दरमा ऋण दिन लागिएको बताएका छन ।

प्रतिक्रिया