बालाजु र गौरीघाटमा सेञ्चुरी बैंकको शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबार काठमाडौंको बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा ल्याएको छ ।

देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैकिग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टर संचालनमा ल्याई बैकिग सेवा प्रदान गदै आएको छ ।

बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा आए पछि बैंकको कुल शाखा १ सय २२ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया