समाजवादी ट्रेड युुनियनको प्रशिक्षण कार्यक्रम सम्पन्न

विराटनगर । मजदुुरको हक अधिकार सुुनिश्चितको माग गर्दै समाजवादी ट्रेड युुनियन महासंघले पार्टीसँग आवद्ध मजदुुरलाई सहभागी गराई विराटनगरमा मंगलबार प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जनता समाजवादी ट्रेड युुनियन महासंघ प्रदेस–१ अध्यक्ष मोहमद नसरुलको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा सहभागीहरूले मजदुुरको हकअधिकारको ग्यारेन्टी हुुनुुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका कार्यकारी केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले मुुलुकमा व्यवस्था परिवर्तन भए पनि मजदुुरको अवस्था र जीवनयापनमा भने परिवर्तन आउन नसकेको भन्दै त्यसतर्फ राज्यको ध्यान जानुुपर्नेमा जोड दिए । मजदुुरहरूको आन्दोलनका कारण ठुुल्ठूला आन्दोलन सफल भएको भन्दै मजदुुरको अधिकारका लागि सबै दलबीच एकता आवश्यक रहेकोमा उनले जोड दिए ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य युुवराज कार्कीले आफनो पार्टीले सुुरुदेखि नै मजदुुरको हकअधिकारका लागि लड्दै आएको उल्लेख गरे । कार्यक्रममा मजदुुर नेता तेजलाल कर्ण तथा लालध्वज नेमाङले आस्था विचार जे भए पनि मजदुुरहरूको हकअधिकारका लागि सवै ट्रेड युुनियन एक हुुनुुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशका सबै जिल्लाका ट्रेड युुनियन प्रतिनिधिको सहभागिता रहेको अध्यक्ष नसरुलले बताए ।

प्रतिक्रिया