खोजखबर

सभामुख सापकोटाले गरे संसद भवन अवलोकन

सौर्य अनलाइन २०७७ फागुन १८ गते १४:०७ मा प्रकाशित

काठमाडाैं । फागुन २३ गतेका लागि आह्वान भएको प्रतिनिधिसभा अधिवेशनको पूर्व सन्ध्यामा सभामुख अग्नि सापकोटाले संसद भवनको अवलोकन गरेका छन् । मंगलवार दिउँसो संघीय संसद भवन नयाँबानेश्वर पुगेर सभामुख सापकोटाले सातौं अधिवेशनको बैठकका लागि भइरहेको तयारीबारे स्थलगत अवलोकन गरेका सभामुखका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते बस्ने गरी आह्वान भइसकेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको निर्णयलाई सर्वाेच्च अदालतले बदर गरिदिएपछि अदालतकै आदेशको समयसीमाभित्र अधिवेशन आह्वान गरिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय