पूर्वी नवलपरासीमा ट्रक दुर्घटना : दुईको मृत्यु, दुई घाइते

कावासोती । पूर्वी नवलपरासीको देवचुली-२ दुम्कौलीमा गएराती दुई वटा ट्रक एक आपामा ठोक्किदा दुई जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक मकवानपुरको गढी गाउँपालिका घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र ना ६ ख ३०११ नम्बरको ट्रकका चालक कास्कीको पोखरा महानगरपालिका-१५ घर भएका वर्ष ५१ का सिम बहादुर वि.क. रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । गएराती १२ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ७०२३ नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३०११ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।

दुर्घटनामा दुबै ट्रकका सह चालक गम्भीर घाईते भएका छन । घाइते हुनेमा ना ६ ख ३०११ नम्बरको ट्रकका सहचालक तनहुँको बन्दिपुर-३ बस्ने बर्ष १८ को विश्वास शाही र ना ७ ख ७०२३ नम्बरको ट्रकका सहचालक दाङको बबई-६ बस्ने बर्ष ३३ को सुन्दर खड्का भन्ने घनश्याम खड्का रहेको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । घाइते दुबै सहचालकको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । मृतक चालकहरूको शव मध्यविन्दु जिल्ला अस्पतालमा डन्डामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया