राष्ट्र उत्थान लघुबित्तको एफपिओ

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले एफपीओ निष्कासन गर्ने भएको छ । तयारी गरेको छ । एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले चैत ८ मा एजीएम बोलाएको छ । कम्पनीले हाल कायम जारी पुँजीको ३२.६९% ले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता सेयर एफपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्दैछ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो २ बजे सुरु हुनेछ । सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा पनि रहेका छन् ।

प्रतिक्रिया