सिन्धु र सन्तुको कौडा ‘सुपारी काँचो’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायिका सिन्धु मल्ल र गायक सन्तु थापाको युगल आवाजमा नयाँ मौलिक कौडा गीत ‘सुपारी काँचो’ शनिबार सार्वजनिक गरिएको छ ।

साथै उनिहरुलाई स्मृती शाही, पुष्प बोहोरा, राजु तोलांगे गुरुङ र राजेन्द्र घर्ती मगरले पनि आवाजमा साथ दिएका छन् । गायिका मल्लले आफ्नै जन्मदिनको अवसर पारेर गायक थापाको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको जानकारी दिइन् ।

सुरेश रानामगरले शब्द रचना र संगीत भरेको उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । त्यस्तै, गीतको भिडियोमा दीपले गुरुङले निर्देशन गरेको भिडियोमा करण चैसिरको छायांकन तथा लक्ष्मी गुरुङ, वविता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ, आर्यन मगर र रोशन मगर लगायत कलाकारहरुले छमछम नाचेर अभिनय गरेका छन् ।

गाउँघरमा रोधिमा गाइने पूराना मौलिक कौडाको भाकालाई सम्मान गर्दै यस गीत ल्याएको गायक थापाले बताए । विभिन्न विधाका गीत गाएर गायिका सिन्धु र गायक थापा देशदेखि विदेशसम्म आफूहरुलाई सफल र कुशल कलाकारको रुपमा स्थापित गराएका छन् ।

प्रतिक्रिया