कोरोना असर : खाडीका कामदार बढि प्रभावित

काठमाडौं । विश्वमा कोरोना महामारी सुरू भएपछि त्यसको प्रत्यक्ष असर बैदेशिक रोजगारीमा गएकाहरु माथी परेको छ । देशमा रोजगारको अवसर पर्याप्त नभएपछि गुजारा चलाउनका लागि विभिन्न मुलुकमा काम गर्न पुगेका नेपाली श्रमिक कोरोनाले विश्वव्यापी मन्दी आएपछि रोजगार गुमाउन पुगे । कोरोनाको महामारी शुरु भएपछि यताको एक वर्षको अवधिमा विभिन्‍न देशमा अलपत्र परेका तीन लाखभन्दा बढी नेपालीलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको छ । कोरोनाका कारण आवातजावत केही सामान्य भएपछि पनि काम गुमाएकाहरु स्वदेश फर्किएका छन् । कोरोना महामारी सुरू भएपछि सरकारले पहिलोपटक २०७६ फागुन पहिलो साता चीनको उहानबाट एक सय ७५ जना विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याएको थियो । त्यसयताको एक वर्षमा सरकारले विश्वका विभिन्‍न देशबाट उद्धार गरी स्वदेश फर्काएको नेपालीको संख्या तीन लाख नाघेको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार २०७६ फागुन पहिलो सातायता २०७७ फागुन १४ गतेसम्मको अवधिमा कोभिड–१९ का कारण असहज परिस्थितिमा विदेशमा अलपत्र परेका तीन लाख छ सय ५७ जनालाई उद्धार गरी नेपाल फर्काइएको छ । पछिल्लो एक वर्षको अवधिमा अलपत्र परी स्वदेश फर्कनेहरू अधिकांश नेपालीका लागि वैदेशिक रोजगारको आकर्षक गन्तव्य मानिएका देशहरूबाट रहेका छन् । उनीहरूलाई कूल दुई हजार एक सय ६७ उडानमार्फत् उद्धार गरी स्वदेश फर्काइएको सीसीएमसीले जनाएको छ ।

सीसीएमसीका अनुसार सबैभन्दा ठूलो संख्यामा खाडी मुलुकमा काम गर्न गएका नेपाली श्रमिकहरु फर्किएका छन् । युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, कुवेतसहित मलेसिया, जापान, टर्की र भारतबाट आउनेहरु धेरै छन् । हालसम्म यूएईबाट सबैभन्दा बढीले रोजगार गुमाएर नेपाल फर्केका छन् । यूएईबाट पछिल्लो एक वर्षको अवधिमा कोरोनाका कारण रोजगारी गुमाएर फर्कनेको संख्या ९२ हजार छ सय ६४ पुगेको छ ।

यस्तै, उद्धार गरी नेपाल ल्याइएकामा कतारबाट ७० हजार छ सय ७९, मलेसियाबाट ३४ हजार ७९, साउदी अरबबाट ३१ हजार छ सय ३६, कुवेतबाट १७ हजार तीन सय ५६, ओमानबाट तीन हजार दुई सय ७१, बहराइनबाट एक हजार तीन सय ३९, जापानबाट आठ हजार छ सय ८९, टर्कीबाट आठ हजार पाँच सय ९० र भारतबाट १५ हजार दुई सय ७३ जना रहेका छन् । सरकारले हालसम्म विश्वका ६० देशबाट अलपत्र परेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।

सीसीएमसीको तथ्यांकअनुसार इजरायलबाट २५, साइप्रसबाट एक सय ६६, अस्ट्रेलियाबाट एक हजार दुई सय ४४, फिलिपिन्सबाट दुई सय एक, म्यानबारबाट २६, कम्बोडियाबाट ३३, सिंगापुरबाट तीन हजार तीन सय ९३, थाइल्याण्डबाट चार सय ८९, बंगलादेशबाट एक हजार तीन सय ४३, अफगानिस्तानबाट एक सय २३, श्रीलंकाबाट ४४, माल्दिभ्सबाट एक हजार १८, पाकिस्तानबाट एक सय ११, चीनबाट एक हजार आठ १६ र हङकङ/मकाउबाट एक हजार नौ सय ८५ जनालाई उद्धार गरी नेपाल ल्याइएको छ ।

त्यसैगरी दक्षिण कोरियाबाट दुई हजार सात सय ९४, अमेरिकाबाट छ सय १८, क्यानडाबाट ३८, डेनमार्कबाट २१, फिनल्याण्डबाट १९, नर्वेबाट २०, स्वीडेनबाट १३, अर्मेनियाबाट दुई, जर्मनीबाट ४७, पोल्याण्डबाट पाँच, चेक गणतन्त्रबाट दुई, स्वीट्जरल्याण्डबाट १५, इटालीबाट ३९, बेल्जियमबाट नौ, नेदरल्याण्ड्सबाट ३०, अस्ट्रियाबाट तीन, ग्रिसबाट ३९, स्पेनबाट १३, फ्रान्सबाट १९, पोर्चुगलबाट पाँच, बेलायबाट दुई सय ५८, युगाण्डाबाट छ जनालाई उद्धार गरी ल्याइएको छ । यस्तै, सुडानबाट पाँच, दक्षिण सुडानबाट दुई सय ५८, जोर्डनबाट छ सय ५१, ट्युनिसियाबाट दुई, इथोपियाबाट पाँच, सोमालियबाट एक, इरानबाट दुई, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, इराकबाट ३९ र भुटानबाट १४ जनालाई सरकारले उद्धार गरी ल्याएको छ ।

प्रतिक्रिया