सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता नवीकरण

काठमाडौ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रति व्यक्ति बीस हजार रुपैया सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको हो ।

बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गरेको हो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहाल र अस्पतालका तर्फबाट निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गरेका हुन ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शाक्यले बताए । बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया