खेल-खेलाडी

हालान्डमाथि १० क्लबको चासो

सौर्य अनलाइन २०७७ फागुन १५ गते ७:३५ मा प्रकाशित

बर्लिन । जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्नको लागि युरोपका १० ठुला क्लबले चासो देखाएका छन् । डेली मेलका अनुसार हालान्ड अनुबन्धको लागि स्पेनिस क्लब रियल म्याड्रिडसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि चासो देखाएको हो । डर्टमुन्डमा हालान्डको सम्झौता २०२४ सम्म रहेको छ । उनको अहिलेको रिलिज क्लज ८७ मिलियन पाउन्ड रहेको छ ।

२० वर्षीय हालान्डका एजेन्ट मिना रायोलाले पनि हालान्ड अनुबन्धको लागि १० क्लबले चासो देखाएको बताएका छन् । हालान्डले यो सिजन सबै खेलमा गरी २७ गोल गरिसकेका छन् । विशेषगरी हालान्डको लागि अर्काे समरमा रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडले मोटो रकम खर्चले आँकलन गरिएको छ । हालान्ड गत जनवरीमा रेडबुल साल्जवर्गबाट डर्टमुन्ड पुगेपछि चर्चाको शिखरमा पुगेका थिए ।

इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप र चेल्सीका प्रशिक्षक थोमस टुचेलले पनि हालान्ड अनुबन्धको लागि चासो देखाएका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नेयमार र एमबाप्पेको जोडीको लागि हालान्ड अनुबन्धको दौडमा छ । इटालियन क्लब युभेन्टस र इन्टर मिलानसँगै जर्मन क्लब बायर्न म्युनिख पनि हालान्ड अनुबन्ध गर्ने दौडमा उभिएको छ । बायर्न म्युनिखले रोबर्ट लेवान्डोस्कीको विकल्पको रुपमा हालान्डलाई लामो समय अनुबन्ध गर्ने दौडमा छ ।

रिपोर्ट अनुसार बोरुसिया डर्टमुन्ड अर्काे सिजनमा च्याम्पियन्स लिगमा छनोट नभएको अवस्थामा हालान्डले क्लब छाड्न सक्नेछन् । डर्टमुन्ड यो सिजन लिगको छैटौं स्थानमा छ । डर्टमुन्ड चौथो स्थानको आइनट्राक्ट फ्रान्कफर्ट भन्दा ६ अंकले पछि छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय