साओमीको ‘रेड्मी के ४०’ सिरिज सार्वजनिक

काठमाडौं । साओमीले रेड्मी के ४० सार्वजनिक गरेको छ । चिनिँया कम्पनी साओमीले चीनमा आयोजना भइरहेको मोबाइल वर्ल्ड कंग्रेस २०२१ को अवसरमा कम्पनीले नयाँ लाइनप बजारमा ल्याएको हो ।

यो सिरिज अन्तर्गत के४०, के४० प्रो र के४० प्रो प्लस गरी तीन भेरियन्ट उपलब्ध भएको छ । कम्पनीले यो सिरिजमा उत्कृष्ट कार्यक्षमता रहेको दाबी गरेको छ । के४० (बेसिक भर्सन) मिड रेन्जको फोन हो । जसको बजार मूल्य ३ सय १० डलर रहेको छ । त्यस्तै प्रो र प्लस भर्सन कम्पनीको हाई–इन्ड फोनको रुपमा आएको छ । जसमा स्न्यापड्रागन ८८८ चिपसेट रहेको छ ।

प्रतिक्रिया