नयाँ ‘स्पाइडरम्यान’

न्युयोर्क । हलिउडको चर्चित सुपरहिरो चलचित्र ‘स्पाइडरम्यान’ को नयाँ नाम सार्वजनिक भएको छ । एक भिडियोमा नयाँ चलचित्रको नाम ‘नो अवे होम’ हुने जनाइएको छ । चलचित्रमा अभिनेता टम होल्यान्ड, ज्याकब ब्याटलोन र जेनडायाको अभिनय रहने निर्माण पक्षले उल्लेख गरेको छ । हलिउड रिर्पोटरका अनुसार मगंलबार यी तीन कलाकारले स्पाइडरम्यानको नयाँ चलचित्रको नाम के होला भनेर अनुमान गरेका थिए । उनीहरुले भनेका नाम ‘स्पाइडरम्यानः फोन होम’, ‘स्पाइडरम्यानः होम स्लाइस’ र ‘स्पाइडरम्यान–होमरेकर’ इन्टरनेटमा भाइरल भएको थियो । तर त्यसको भोलिपल्ट चलचित्रको नाम ‘स्पाइडरम्यानः नो अवे होम’ हुने सार्वजनिक खबर बाहिरिएको हो ।

यसमा मार्भलको सुपरहिरो चलचित्र ‘डाक्टर स्ट्रेन्ज’ का मुख्यपात्रको समेत अभिनय हुने जनाइएको छ । यस्तै सन् २०१४ मा सार्वजनिक स्पाइडरम्यान–२ भिलेन ‘इलेक्ट्रो’ पनि चलचित्रमा देखिने छन् । ‘स्पाइडरम्यानः नो अवे होम’ जोन वाट्सको निर्देशनमा बनिरहेको छ । उनले सन् २०१७ मा प्रदर्शनमा आएको ‘स्पाइडरम्यान होमकमिङ’ र सन् २०१९ मा सार्वजनिक भएको ‘स्पाइडरम्यान फार अवे फ्रम होम’ पनि निर्देशन गरेका थिए । नयाँ स्पाइडरम्यान सन् २०२१ को डिसेम्बरको १७ मा प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया