ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी

काठमाडौ । कुमारी बैंक लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी तथा आमन्त्रित सदस्यको उपस्थितिमा सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीलाई हस्तान्तरण गरिएको हो ।

बैंकले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ । यस प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने÷चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदा रहेको बैकले जनाएको छ । त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुने अपेक्षा गरिएको छ । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।

क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रम गर्दै आइरहेको छ । हालसम्म बैंकले ७ हजार ३ सय भन्दा बढी व्यापारी डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराईसकेको पनि विज्ञप्तिमा उल्लेख छ । हाल बैकको मुलकुभर १९२ शाखा सञ्जाल, १ सय ६२ एटिएम, २५ शाखारहित बैंकिग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधाहरु दिँदै आएकोे पनि बैकले जनाएको छ ।

प्रतिक्रिया