नेप्से ४५ अंकले घट्यो : संस्थागत लगानी कर्ता सेयर बिक्री तर्फ

काठमाडौ । सस्थागत लगानीकर्ताले सेयर बिक्री गर्न थालेपछि साताको अन्तिम दिन नेप्से परिसुचक ४४ दशमलब ९४ अंकले घटेर २ हजार ५ सय ५४ दशमलव १३ अंकमा पुगेको छ । । बुधबार नेप्से १२ दशलमव ५६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलब ७ विन्दुमा पुगेको थियो । बिहीबार कारोबार रकम ६ अर्ब ९ करोड ८१ लाख बराबरको भएको छ । कारोबार भएका १२ समूहमध्ये सबै समुह ओरालो लागेको थियो ।

सेयर बजारमा आएको गिरावट करेक्सनको रुपमा आएको आकलन गरिएको छ । बजार निरन्तर बढ्दो क्रममा रहेको छ । यसअघि एके दिन धेरै अंकले नेप्से बढनुपर्ने कारण नभए पनि बजार बढाइएको थियो । २ हजार ५ सय विन्दुकै आसपासमा करेक्सन आउने अनुमान गरिएपनि परिसुचक २ हजार ६ सय भन्दा माथि गए पछि देखिएको राजनीतिक अन्योलसंगै बजार ओरालो यात्रामा लागेको हो ।

बजार ओरालो लाग्ने क्रमसंगै सेयर बिक्री गर्ने क्रम बढेको छ । केही संस्थागत लगानीकर्ताले सेयर बिक्री गरेको कारण माग भन्दा आपुर्ति बढि भएको कारण बजार केही तल आएको हो । यस्को प्रभाव सेयर बजारमा देखिएको छ । बजारमा तरलता कम हुन लागेको र बैंकहरुले ब्याजदर बढाउने सम्भावना रहेको लगायतका समाचारले पनि लगानीकर्ताले सेयर बिक्री बढाएको कारोबारले देखाएको छ । यसअघि सर्वोच्चको फैसला आउनै लाग्दा बजार प्रभावित भएको थियो । तर अहिले राजनीतिको प्रमुख मुद्दा किनारा लागिसकेको छ । मिलि जुली सरकार बन्ने स्थितीले बजारमा अन्योलता थपेको छ ।

लगानीकर्ताले दिनहुँ हुने उतारचढावभन्दा पनि लामो समयसम्म होल्ड गर्ने हिसाबले सेयर खरिद गर्न सके यसबाट खासै प्रभाव नपर्ने लगानीकर्ता मनोहर कृष्ण श्रेष्ठ बताउछन । लगानीकर्ताहरुले आफूले लगानी गरेका कम्पनीमा ध्यान केन्द्रीत गरी लगानी गर्ने कम्पनीको समग्र अवस्था, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्नुपर्छ । लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिलाई ध्यानमा राख्दै जोखिम बहन क्षमताको हिसाव गरेर कारोबार गर्नु उपयुक्त मानिन्छ ।

प्रतिक्रिया