खोजखबर

राजदूत रेग्मी र विश्वकर्माले लिए सपथ

सौर्य अनलाइन २०७७ फागुन १३ गते १७:४४ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्वकर्माले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय