इन्डोनेसियाको सुन खानीमा पहिरो, पाँचको मृत्यु, करिब ७० जना बेपत्ता

जाकार्ता । इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएको प्रकोप निन्त्रयण निकायले जानकारी दिएको छ ।

प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए ।

पाँचवटा लाशहरु भेट्टिएको र अन्य ७० जना हराइरहेका ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताएका छन् । बुधवारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य सुरु गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरणहरु घटनास्थलमा खटाइएको पनि पामुसुले बताएका छन् ।

सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरु लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया