सामसङको एम–०२ मोबाइल बजारमा

काठमाडौं । सामसङले इन्ट्री लेभल स्मार्टफोन ग्यालेक्सी एम–०२ मोबाइल बजारमा ल्याएको छ । पाँच हजार एमएएच ब्याट्री क्षमताको यो स्मार्टफोनमा ६ दशलमव ५ इन्च स्क्रिनसहित माइक्रो सेन्सरका साथ १३ मेगापिक्सेलको मेन लेन्सको साथ डुअल रेयर क्यामरा रहेको सामसङले जनाएको छ । साथै दुई मेगापिक्सेलको माइक्रो सेन्सरले क्लोजअप सट लिँदा राम्रो फोटो लिन सकिने कम्पनीको भनाइ छ । स्मार्टफोनमा पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । सामसङको एम सिरिजअन्तर्गत एम–०२ अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेम खेल्न र अन्य कामका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।

नयाँ ग्यालेक्सी एम–०२ ले भर्चुअल गतिविधिमा भाग लिन लगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि उपयुक्त स्मार्टफोन बन्ने विश्वास लिएको सामसङ नेपालका मोबाइल बिजनेस प्रमुख प्रणयरत्न स्थापितले बताएका छन । सिल्क डिजाइनसहित उक्त फोन नीलो, कालो र खरानी गरी तीन रङमा बजारमा उपलब्ध छ । ग्यालेक्सी एम–०२ को दुई जिबी ¥याम र ३२ जिबी स्टोरेज रहेको सेटको मूल्य ११ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने तीन जिबी ¥याम र ३२ जिबी स्टोरेज भएको सेटको १२ हजार ९ सय ९९ रुपैयाँ रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया