टिकाथलीमा संगीत घर

ललितपुर । संगीतकार डेनी निरौलाले टीकाथलीमा ‘सरु संगीत घर’ सञ्चालनमा ल्याएका छन् । संगीत घरको महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले शुभारम्भ गर्दै नगरले नीतिगत रुपमा कला र संगीतको प्रवद्र्धन गरिरहेको बताए । उनले भने, ‘हामीले स्थानीय पाठ््यक्रममा संगीतको विधालाई छुटाएका छैनौं । अहिले कक्षा २ सम्मका पाठ््यपुस्तकमा यो विषय राखेका छौं । यसलाई कक्षा ८ सम्म नै पु¥याउँछौं ।’ श्रेष्ठले स्थानीय लोक र सामाजिक जीवन पद्धतिसँग सम्बन्धित बाद्यवादन र गायनका प्रशिक्षणलाई संगीत घरले प्रवद्र्धन गर्ने कुरामा आफू विश्वस्त भएको बताए ।

कार्यक्रममा डा. कमल पौडेल, भौतिक योजना मन्त्रालयका शाखा अधिकृत मोहन चापागाईँ, पूर्व बैंकर तथा सामाजिक अगुवा सूर्य बस्नेतले टीकाथली क्षेत्रबाट सांगीतिक क्षेत्रका साधक उत्पादन हुने विश्वास व्यक्त गरे । अभिनेता गजित विष्टले कला क्षेत्रले व्यवसायिकता प्राप्त गर्दै गएको बताए । पत्रकार चन्द्रमणि भट्टराईले कला क्षेत्रको विकाससँगै स्रष्टाले योगदानलाई सरकारी तवरबाट सम्मान हुने वातावरण तयार गरिनुपर्ने धारणा राखे । संगीतकार एवं संगीत घरका सञ्चालक डेनी निरौलाका अनुसार संगीत घरमा अहिले गायन र बाद्यवादनका कक्षा सञ्चालन हुनेछन् । उनले भने, ‘स्थानीय भाका, गायन र बाद्यवादनको अध्ययन गरेर प्रशिक्षण गराउँदै लैजाने, नृत्य तथा अभिनयका कक्षा थप्ने आगामी योजना रहेको छ ।’

प्रतिक्रिया