सर्वोच्च अदालतले फैसला गरे लगत्तै कालिकोटमा दीप प्रज्वलन

कालिकोट । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षधरहरु सडकमा निस्किएर खुसियाली मनाउदै छन् । सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले सडकमा निस्किएर खुसियाली मनाएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । मंगलबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको छ ।

कालिकोटको सदमुकाम मान्म प्रतिमाचोकमा विभिन्न सांगीतिक प्रस्तुती संगै औपचारिक रुपमा कार्यक्रम गरीएको छ । दिप प्रज्वलनमा नेकपाका कर्णाली प्रदेश सभाका सचेतक कुर्मराज शाही, नेकपा कालिकोटका पार्टी अध्यक्ष धनजित शाही, सचिव बिश्वराज बम नेकपाका नेता खेम बहादुर सिंह,कमल शाही, चित्रसिंह गाउले, लक्ष्मण बहादुर बम लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया