काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिएका छन् । केपी ओलीले संविधानका प्रावधानलाई मिचेर गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको निष्कर्ष दोहोर्याउँदै उनले सर्वोच्चको फैसलाको प्रसंशा गरे ।
उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।’ सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई उनले धन्यवाद दिएका छन्।