कृषि उपजमा आत्मनिर्भर बन्ने उपाय

सुवासबावु घिमिरे

नेपालमा अवैज्ञानिक र अव्यवस्थित सहरीकरण सँगसँगै उत्पादनशील जमिनको खण्डीकरण पनि बढिराखेको छ । उत्पादनमुखी माटोमा प्लटिङ गर्ने र भौतिक संरचनाहरू बनाउने कार्यले गर्दा उत्पादनमा प्रतिकूल असर परिराखेको छ । जमिनको यस्तो दुरुपयोगलाई रोकी व्यवस्थित सहरीकरणलाई प्राथमिकतामा राख्नसके उत्पादनलाई बढावा दिन सकिन्छ । साथै जमिनको खण्डीकरणलाई रोक्न वा व्यवस्थित गर्न चक्लाबन्दी र सहकारी खेतीलाई प्रोत्साहन गर्नुपर्दछ ।

नेपालको बाली लगाइएको क्षेत्रफल र उत्पादनलाई हेर्दा केही वर्ष यता उत्पादन बिस्तारै बढ्दो क्रममा छ तर अपेक्षा गरिएअनुसार र मागअनुसार उत्पादन वृद्धि भइराखेको देखिँदैन । धान, मकै, गहुँ, कोदो साथै अन्य उत्पादनहरू अर्बौं रुपैयाँको आयात भइराखेको छ । विश्वका र एसियाका अन्य मुलुकहरूको तुलनामा नेपालमा कृषिजन्य उत्पादनहरूको उत्पादकत्व न्यून छ । नेपाल कृषिप्रधान देश हो भन्ने कुरामा कुनै द्विविदा छैन किनकी हाम्रो देश नेपालका अधिकांश मानिसहरूको जीवन निर्वाहको मुख्य आधार कृषि क्षेत्र नै हो । उत्पादन, प्रशोधन र बजारिकीकरणसँगै उपभोग गर्ने उपभोक्तासम्म प्रत्यक्ष वा अप्रत्यक्षरूपले कृषि क्षेत्रमा संलग्न भएकै छन् । अधिकांश कृषि वस्तुहरू पर्याप्त रूपमा उत्पादनको र मागअनुसारको उपलव्धताको सम्भावना हुँदाहुँदै पनि भारी मात्रामा आयात भइराखेका छन् । झन् चाडवाड र पर्वहरू नजिकिँदै जादा आयात पनि उत्तिकै बढ्ने गरेको छ । आयात न्यूनीकरणका विभिन्न आयामहरूमध्ये उत्पादन वृद्धि पनि एक महत्वपूर्ण आयाम हो । विभिन्न उपायहरू अवलम्बन गर्नसके आफ्नै उत्पादनबाट मागको परिपूर्ति गरी आयात न्यूनीकरण गर्न सकिन्छ । आयात न्यूनीकरणको मुख्य आधार मानिएको उत्पादन वृद्धि गर्न निम्न उपायहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

माटोको स्वास्थ्य जाँच ः– विश्वका केही मुलुकहरूमा र नेपालमा पनि केही मात्रामा माटोबिनै खेती गर्ने प्रविधिहरू प्रचलनमा आएका छन् । तर, नेपालमा कृषि उत्पादनको दृष्टिकोणले हेर्दा माटोमै उत्पादित बस्तुहरूको माग आपूर्तिमा महत्वपूर्ण भूमिका रहेको पाइन्छ । माटो विरुवालाई उभिन सघाउने वस्तु मात्र होइन विरुवालाई चाहिने पोषकतत्व, खनिज र पानी उपलब्ध गराउने मुख्य श्रोत पनि हो । त्यसैले विरुवा स्वस्थ र राम्रो हुनका लागि माटो र माटोको स्वास्थ्य पनि राम्रो हुन आवश्यक छ । हाम्रो देशका अधिकांश कृषकहरू माटोको स्वास्थ्य जाँचसम्बन्धी जानकार नरहेकोले माटो परिक्षणविना नै खेतीपाती हँुदै आइरहेको छ । माटोको उर्वराशक्ति, माटोमा प्रांगारिक पदार्थको उपलब्धता, माटोको अम्लीयपन र क्षारीयपन साथै माटोमा विभिन्न पोषकतत्वहरूको मात्रा जस्ता कुराहरूले उत्पादनसँग प्रत्यक्ष सम्बन्ध राख्दछन् । त्यसैले समयसमयमा माटोको स्वास्थ्य जाँच गरी यी उल्लिखित कुराहरूको अवस्थालाई सामान्य वा विरुवाका लागि उपयुक्त बनाउनसके उत्पादनमा सकारात्मक रूपले वृद्धि हुने निश्चित छ ।

गुणस्तरीय बिउको प्रयोग :– विरुवाबाट उत्पादन कस्तो हुने भन्ने कुरामा सबैभन्दा ठूलो भूमिका बिउकै हुने गर्दछ । गुणस्तरीय बिउ भन्नाले जातीय तथा भौतिक रूपमा शुद्ध, उपयुक्त उमारशक्ति, चिस्यान, तौल साथै समान आकारप्रकार र चमकपन भएको बिउ भन्ने बुझिन्छ । गुणस्तरीय बिउको प्रयोगले करिब १५/२५५ सम्म उत्पादन वृद्धि हुन्छ । गुणस्तरीय बिउको प्रयोगले बिउबाट विरुवामा सर्ने रोग (Seed Borne Disease) र कीराहरूको प्रकोपबाट समेत विरुवालाई जोगाउन सकिन्छ जसले गर्दा उत्पादन वृद्धिमा सहयोग पुग्दछ ।

खाद्यतत्व व्यवस्थापन :– विरुवालाई आवश्यक पर्ने खाद्यतत्वहरू माटोबाट सहीरूपले उपलव्ध भएमा मात्र विरुवा स्वस्थ भई राम्रो उत्पादन दिन सक्छ । विरुवालाई खाद्यतत्व उपलव्ध गराउने विभिन्न वस्तु तथा विधिहरू हुन्छन जसको सही ढंगले प्रयोग गर्न सकेमा उत्पादन वृद्धि गर्न सकिन्छ । आजकाल विशेष गरी ग्रामीण भेगका किसानहरूमा युरिया, डिएपीजस्ता रासायनिक मलहरूको प्रयोग गर्ने होडबाजी नै चल्ने गरेको छ । सिफारिसभन्दा बढी रासायनिक मलको प्रयोग र अन्य मलहरूको प्रयोग नगरी रासायनिक मलको मात्र प्रयोगले माटोमा शुक्ष्म जीवाणुको गतिविधि घटाउनुका साथै माटोको उर्वराशक्ति पनि क्षय हुन्छ । जसको प्रत्यक्ष प्रभाव बाली उत्पादनमा पर्न जान्छ । बाली लगाउँदा गोठेमल, कम्पोस्ट, रासायनिक मल, खेत बारीमा उपलब्ध हुने बालीका अवशेषहरूको सही व्यवस्थापन, नाइट्रोजन स्थिरीकरण गर्ने बालीहरूको प्रयोगजस्ता कुराहरूले उचित खाद्यतत्व व्यवस्थापनमा सघाउँदछन् । त्यसैले अपेक्षा अनुुसारको उत्पादन लिनका लागि उचित खाद्यतत्व व्यवस्थापन गर्न आवश्यक छ ।

बाली व्यवस्थापन :– बाली व्यवस्थापनले उत्पादन बढाउन साथै उत्पादनलाई दिगो बनाइराख्न र बालीलाई रोगकीराबाट बचाउनसमेत सहयोग पु¥याउँदछ । बाली व्यवस्थापनका महत्ववूर्ण आयामहरूमध्ये हामीले सजिलै अपनाउन सकिने बालीचक्र, मिश्रीत बाली प्रणाली, अन्तरबाली प्रणाली, झारपात र रोगकिराको उचित तरिकाले वा वातावरणमैत्री ढंगले व्यवस्थापन गर्नेजस्ता कुराहरूले उत्पादनमा बढोत्तरी ल्याउन सघाउँदछन । यी बाहेक बाली रोप्ने समय र तरिका, दूरी, हावापानी र माटो सुहाउँदा जातहरूको छनौट, माटोमा पर्याप्त चिस्यानको व्यवस्था, उचित समयमा गोडमेल र मलखादको व्यवस्थापन जस्ता कुराहरू बाली व्यवस्थापन र उत्पादन वृद्धिका आधारहरू हुन् ।

जमीनको खण्डीकरणमा रोकः– नेपालमा अवैज्ञानिक र अव्यवस्थित सहरीकरण सँगसँगै उत्पादनशील जमिनको खण्डीकरण पनि बढिराखेको छ । उत्पादनमुखी माटोमा प्लटिङ गर्ने र भौतिका संरचनाहरू बनाउने कार्यले गर्दा उत्पादनमा प्रतिकूल असर परिराखेको छ । जमिनको यस्तो दुरुपयोगलाई रोकि व्यवस्थित सहरीकरणलाई प्राथमिकतामा राख्नसके उत्पादनलाई बढावा दिन सकिन्छ । साथै जमीनको खण्डीकरणलाई रोक्न वा व्यवस्थित गर्न चक्लाबन्दी र सहकारी खेतीलाई प्रोत्साहन गर्नुपर्दछ ।

कृषिमा यान्त्रीकरण र युवा संलग्नता :– कृषिलाई व्यावसायिक, वैज्ञानिक र आधुनिक बनाउन यन्त्र उपकरणहरूको महत्वपूर्ण भूमिका हुने गर्दछ । आधुनिक उपकरणहरूको प्रयोगले उत्पाादन सहज, सरल र उत्पादनमा लाग्ने लागत न्यूनीकरण सँगसँगै उत्पादन वृद्धिमासमेत सहयोग पुग्दछ । बाली लगाउन, गोडमेल गर्न, काट्न वा छिट्नमा मानिस र उपकरणको तुलना गर्दा भारी अन्तर आउँछ । त्यस्तै उत्पादन बढाउनमा कृषि क्षेत्रमा युवाहरूको संलग्नतासमेत बढाउन जरुरी छ । युवा किसानहरूमा प्रविधि ग्रहण गर्ने दर एकदमै बढी हुने र बाली उत्पादनमा नयाँ सोच, विधि र प्रयोग युवाहरूमा बढी हुने हुँदा कृषिमा युवा संलग्नता पनि उत्पादन वृद्धिमा सघाउ पु¥याउने एक महत्वपूर्ण अवयव हो ।

कृषि शिक्षा र किसान जागरुकता अभियान :– माटोमा आफ्नो समय र परिश्रम खर्च गरी बाली उत्पादन गर्ने व्यक्ति किसान हुन् । उत्पादनलाई बढाउन वा कृषिलाई व्यावसायिक बनाउन किसान शिक्षित हुनुपर्छ । नेपालमा किसानलाई जागरुक र शिक्षित बनाउन तालिमको मात्र अत्यधिक प्रयोग भइराखेको छ । यसको अलावा ग्रामीण क्षेत्रमा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण हुने कृषि कार्यक्रमले धेरै कृषकहरूमा शिक्षा पैmलाउने र किसानहरूलाई जागरुक बनाउने काम गरिराखेको छ । आजकाल Smart Krishi, कृषि गुरु, युवा कृषिजस्ता मोबाइल एप्लिकेसनहरू र फेसबुक, युट्युबजस्ता सामाजिक संजालहरूबाट कृषिसँँग सम्बन्धित जानकारी र किसानउपयोगी ज्ञानवद्र्धक कुराहरू प्रसारण भइराखेका छन् । यस्ता कुराहरूमा सबै किसानहरूको पहुँच पु¥याउनसके उत्पादन वृद्धि हुनुका साथै नेपालको कृषि क्षेत्रले छिट्टै फड्को मार्दैन भन्न सकिन्न ।

अनुसन्धान र प्रसार :– अन्य देशहरूको तुलनामा नेपालमा कृषक, अनुसन्धान र प्रसारको बीचमा ठूलो खाडल रहेको छ । कृषि क्षेत्रमा हुनुपर्ने जति अनुसन्धान कार्यहरू हुन सकिराखेका छैनन् साथै अनुसन्धानबाट प्राप्त भएका उपलव्धिहरू किसानसम्म पुग्न सकिराखेका छैनन् । प्रविधि प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने कृषि प्रसार कार्यकर्ताहरूको व्यवस्थापन सही ढंगले नहँुदा ग्रामीण क्षेत्रका किसानहरूमा ठूलो समस्या आइरहेको छ । उत्पादन वृद्धिका लागि दिगो कृषि र उचित अनुसन्धान कार्यहरू अगाडि बढाई अनुसन्धानबाट प्राप्त उपलव्धिलाई किसानसमक्ष पु¥याउन जरुरी छ ।

दक्ष जनशक्तीको कमी ः– उत्पादन र उत्पादकत्व बढाउन, वैज्ञानिक र आधुनिक खेतीपद्धति अवलम्वन गर्न साथै दिगो र वातावरणमैत्री खेतीपद्धतिलाई स्थापित गराउन दक्ष जनशक्तिको आवश्यकता पर्दछ । हाम्रो देशमा उत्पादित कैयाँै प्राविधिकहरू र विज्ञहरू सम्भावनाको खोजीमा विदेश पलायन हुने प्रवृत्ति बढ्दो छ । तल्लो तहका किसानहरूलाई खेती प्रविधि सिकाउन र व्यवस्थित कृषि प्रणाली अपनाई उत्पादन बढाउन दक्ष जनशक्तिको समेत अभाव भइराखेको छ ।
सरकार, स्थानिय निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरू, अनुसन्धान केन्द्रहरू, विश्वविद्यालयहरू, कृषि विज्ञहरू, विद्यार्थीहरू सबै मिलेर हातमा काँधमा काँध जोडी किसानलाई थप जागरुक, उत्पादनमूलक, र व्यावसायिक बनाई नेपाली माटोको उत्पादकत्व बढाउन सके आयात न्यूनीकरण गरी नेपाललाई थप आत्मनिर्भर बनाउन सकिन्थ्यो कि ?

प्रतिक्रिया