गौरीबजार, मधुटार ग्वांखखोला पुलको शिलान्यास

गौरीबजार । मधुटार ग्वांखखोला पुलको शिलान्यास गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशसभा सदस्य विनोद खड्काले पुलको शिलान्यास गरेका हुन् । बागमती प्रदेशको ३ करोड ५६ लाख ३ हजार ७५ रुपैयाँ ७१ पैसा लागतमा पुल निर्माण सुरु गरिएको हो । ०७७ पुस २१ गते गल्वा धुलिखेल, सिर्जना जेभी बानेश्वर काठमाडांैसँग सम्झौता गरी पुल निर्माण कार्य सुरु गरिएको जनाइएको छ । ०७८ पुस २१ गते निर्माण सम्पन्न गरिने सम्झौता भएको बागमती प्रदेशसभा संसाद विनोदकुमार खड्काले बताए ।

पुल निमार्णमा गुणस्तरीय सामग्री प्रयोग गर्न सांसद खड्काले निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । समाजसेवी दिलीपजंग थापाको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य विनोदकुमार खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री, सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद पोखरेल, कमलामाई नगरपालिका–६ का वडा अध्यक्ष उज्ज्वल थापा, वडा–५ का वडाध्यक्ष पूर्णबहादुर खड्कालगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया