सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका– १० दोभानमा आमाछोरीलाई धारिलो हतियार प्रहार गरिएको छ । सोमबार बिहान तीन बजेको समयमा घरमा सुतिरहेको अवस्थामा अन्दाजी ५५ वर्षीया हरिमाया घिमिरे र २६ वर्षीया छोरी गंगामाया घिमिरेमाथि धारिलो हतियार प्रहार भएको हो । धनुषा जिल्ला साविक बट्टेश्वर–३ बस्ने अन्दाजी ३२ वर्षका प्रमोदकुमार सिंह महतोले आमाछोरीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता सन्तोषकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार आमाछोरीको टाउको र हातमा चोट लागेकाले जनसेवा अस्पताल बर्दिबासमा उपचारका लागि पठाइएको छ । खुकुरी प्रहार गर्ने प्रमोदकुमार सिंह महतो भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया