धारिलो हतियार प्रहारबाट आमा छोरी घाइते

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका– १० दोभानमा आमा छोरीलाई धारिलो हतियार प्रहार गरिएको छ । आज बिहान तीन बजेको समयमा घरमा सुतिरहेको अवस्थामा अन्दाजी ५५ वर्षीयाँ हरिमाया घिमिरे र २६ वर्षीया छोरी गंगामाया घिमिरेमाथि धारिलो हतियार प्रहार भएको हो ।

धनुषा जिल्ला साविक बट्टेश्वर गा.वि.स वडा नं. ३ बस्ने अन्दाजी ३२ वर्षका प्रमोद कुमार सिंह महतोले आमा छोरीलाई खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रवक्त सन्तोषकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार घाइते आमा छोरीको टाउको र हातमा चोट लागेकाले जनसेवा अस्पताल बर्दिबासमा उपचारको लागि पठाइएको छ । खुकुरी प्रहार गर्ने प्रमोदकुमार सिंह महतो भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया