लोकतन्त्रले खोसेको त्रिभूवनको शालिक कहिले फिर्ता आउला !’

काभ्रे । लोकतन्त्र ल्याउन गरिएको आक्रोशपूर्ण आन्दोलनले धेरैको घरबार मेटाएको थियो । धेरैले विभिन्न बलिदानी दिएरै आफ्नो अस्तित्व सुम्पेका थिए । तर ति योगदानका ईतिहासहरु कतै पानीमा डुंगा चलाएजस्तै मेटिएर जाने खतरा बढ्दै जान थालेको टिप्पणीहरु हुन थालेका छन् । आज फागुन ७ प्रजातन्त्र दिवसको अवसर पारि नेपाल नागरिक अभियान काभ्रे, शाही यूवा शक्ति नेपाल काभ्रे, वीर गोर्खाली एटिएफ काभ्रे, शाही शक्ति नेपाल काभ्रे र नेपाल विद्यत परिषद् काभ्रेको संयुक्त आयोजनामा बनेपा स्थित भग्नावशेष मा परिणत भईसकेको राजा त्रिभुवनको शालिक शालिकमा मल्यार्पण गरिएको छ । नेपाल नगरिक अभियान काभ्रे जिल्ला अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, बिर गोर्खालिका दिपक तिमल्सिना,शाहि सक्ति नेपालका हेमशंकर गिरी र शाहि युवा शक्तिका प्रेम बैदारले संयुक्त रुपमा भग्नावशेषलाई सरसफाई गर्दै शालिकको भग्नावशेषमा राष्ट्रिय झण्डा टाँगी त्सैमुनि मल्यार्पण गरेका थिए ।

उनीहरुले संयुक्त रुपमा शालिक पुनःनिर्माण गरिदिन सरकारसँग माग गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै श्रीकृष्ण श्रेष्ठले भने लोकतन्त्रमा ईतिहास मास्न पाइन्छ भनेर कहाँ लेखेको छ ? ईतिहासको संरक्षणका लागि सम्बन्धीत निकायले बेलैमा ध्यान पु्र्यायोस् यदी साँच्चै ईतिहास मेटाउँदै जाने हो भने त्यस राज्य व्यवस्थालाई लोकतन्त्र भन्न नसकिने समेत तर्क गरेका छन् । नेपालका आठौँ शाहवंशीय राजा त्रिभुवन शाहको काभ्रे स्थित बनेपामा आधाभन्दा बढी सताब्दी अघि देखि रहेको शालिकको तत्कालिन लोकतान्त्रिक आन्दोलनका क्रममा आन्दोलनकारीहरुले फुटाएका थिए । नेपालको ईतिहासमा राजा त्रिभुवन शाहले राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिए । त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिए । यिनी २०११ सालसम्म नेपालको राजा रहेका थिए ।

फागुन ७ को त्यो प्रजातन्त्र र राजा त्रिभुवन
नेपाली कांग्रेसको असोज ११—१२, वि.सं. २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो । २१ कार्तिक वि.सं. २००७ मा क्रान्तिको घोषणा भयो । यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २१ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरेका थिए । तात्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले त्रिभुवनका चार वर्षीय माहिला नाति ज्ञानेन्द्रलाई गद्दी आरोहण गराएका थिए । तर भारतले ज्ञानेन्द्र वीर बिक्रम शाहलाई राजाको मान्यता नदिने सार्वजनिक घोषणाले राणा सरकार माथी दबाब बढ्यो । मोहन शमशेरले परिस्थिति नियन्त्रण बाहिर गएको देखेर उनले आफ्ना भाइ केशर शमशेर राणा, जो राजाका जेठान पनि थिए, र आफ्ना पुत्र विजय शमशेर राणालाई वार्ताको लागि दिल्ली पठाएका थिए । दिल्लीमा राजा त्रिभुवन, नेपाली कांग्रेस र राणा सरकारका प्रतिनिधिहरूको नयाँ परिस्थितिको बारेमा छलफल भयो ।

देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौँमा मात्र सीमित रहन पुग्यो। स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे। वार्ताका लागि आफ्ना छोरा विजय शमशेरलाई दिल्ली पठाए । तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली कांग्रेस र राजा त्रिभुवनबिच १२ फेब्ब्रुवरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो । तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र २००७ साल फागुन ७ गतेको शाही घोषणामा प्रजातन्त्र स्थापना भएको घोषणा गरका थिए ।

यसरी १०४ वर्षे राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो । राजा त्रिभुवनको मृत्यु वि सं २०११ मा भयो । उनको मृत्यु पछि युवराज महेन्द्र राजा बनेका थिए । राजा त्रिभुवनको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दाङमा त्रिभुवननगर, पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, त्रिभुवन च्यालेञ्ज शिल्ड, पहिलो कलेज त्रिचन्द्र कलेज, पहिलो राजमार्ग त्रिभुवन राजमार्ग, त्रिभुवन पार्क, त्रिभुवन चन्द्र सैनिक अस्पताल स्थापना भएको छ ।

प्रतिक्रिया