विराटनगर । विराटनगर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुुगोस् भन्ने उद्देश्यले राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली विपद् पोर्टल अनलाइन बुधबारबाट सञ्चालनमा ल्याएको छ । प्राकृतिक विपद्का घटना, दुुर्घटना तथा त्यसको न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेखहरू राखिएका छन् । अनलाइन पोर्टलमा विगत ६ महिनामा महानगरपालिका क्षेत्रमा भएका विपद्का घटना तथा न्यूनीकरणका लागि स्थानीयले सल्लाह र सुझाव दिन सक्नेगरी व्यवस्था मिलाइएको छ ।
पोर्टलमा आगालागी, बाढी, भुुइँचालो, दुुर्घटना, प्रदूषण तथा भूक्षयजस्ता गरी ४९ प्रकारका विपद्का घटना कहिले कुुन ठाउमा भयो भन्ने विषयमा सहजै जानकारी प्राप्त गर्न सकिनेछ । अनलाइन पोर्टलको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुभारम्भ गर्दै विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि पोर्टल उपयोगी हुने बताए । महानगरले विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि प्रत्येक वडामा समिति गठन गरेर काम गरिरहेको भन्दै जोखिम न्यूनीकरणका लागि पोर्टललाई कसरी उपयोगी र प्रभावकारी वनाउन सकिन्छ त्यस्ता विषयहरू पोर्टलमा सहभागी हुनुपर्नेमा उनले जोड दिए ।
नेपाल सरकार गृह मन्त्रालयको संयोजनमा ११ वटा मन्त्रालय र विभागहरूको सहकार्यमा सञ्चालनमा ल्याएको सो प्रणाली र विराटनगर महानगरपालिकाले पनि विधिवत रूपमा शुुभारम्भ गरेको महानगरपालिका विपद् व्यवस्थापनका सम्पर्क अधिकृत राजेन्द्र प्रधानले बताए । कार्यक्रममा पोर्टल विज्ञ प्रदीप खतिवडा तथा महानरपालिकाका सूचना शाखा अधिकृत अर्चना कर्णले त्यसको प्रभावकारिता र पोर्टलले कसरी काम गर्छ भन्ने विषयमा जानकारी दिएका थिए ।
प्रतिक्रिया