‘देखे सन्ततिले, छलेको कहानी’ सार्वजनिक

काठमाडौं । गायक निशान भट्टराईको स्वर रहेको गीत ‘देखे सन्ततिले, छलेको कहानी’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको संगीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीत ‘प्रिती’ एल्बममा समावेश छ । छोराछोरीले वृद्धाश्रमसम्म कसरी पु¥याउँछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा बुहारीले वृद्धाश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ ।

दिनेशराज शर्माले निर्देशन गरेको गीतको भिडियोमा उत्तम केसी नेपाल, टिका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागाई, प्रतीक नेपाल लगायतको अभिनय छ । झापाको कोटिहोम दोमुखा माइधार आसपासमा खिचिएको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन रहेको छ । दर्शन प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा नगेन धिमालको ड्रोन र कृष्ण सुवेदीको शृंगार छ भने पब्लिसिटी डिजाइन प्रेम शर्माको छ ।
यसअघि टिकाले थुप्रै गीत बजारमा ल्याइसकेका छन् । शिशिर योगीको स्वरमा ‘तिम्रो तस्बिर यी आँखामा’ नरेन्द्र प्यासीको स्वरमा ‘पिरतीमा यो मन पगालेर आए’ प्रमोदको स्वरमा ‘शिशिरमा प्रिती फूल फूल्नै गाह्रो भो’ जस्ता गीत छन् ।

प्रतिक्रिया