शिद्धबाबा भ्युटावरको शिलान्यास

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–४ च्याउकोटमा शिद्धबाबा भ्युटावर निमार्णको शिलान्यास गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रम गरी बागमती प्रदेशसभा सदस्य विनोदकुमार खड्का र कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्र ढकालले उक्त टावरको शिलान्यास गरेका हुन् । बागमती प्रदेशको कुल २ करोड ४८ लाख ६२ हजार लागत सहयोगमा भ्युटावर निर्माण सुरु गरिएको छ । गत ०७७ भदौ १८ गते ड्रयागन कन्ट्रसन प्रालि बानेश्वर–१०, काठमाडौंसँग भ्याटसहित १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयाँमा निर्माण सम्पन्न गरिने सम्झौता भएको थियो । उक्त टावर ०७८ जेठ १५ मा निर्माण सम्पन्न गरिने सम्झौता भएको छ । भ्युटावर पाँचाँै तल्लासम्म निर्माण हुने बताइएको छ ।

भ्युटावरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशसभाका सांसद विनोद खड्काले भ्युटावर समयमा निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई आग्रह गरे । उनले निर्माण सामग्री गुणस्तर भएनभएको प्राविधिकको सहयोगमा आपूmले अनुगमन गर्न बताए । यस्तै कमलामाई नगरपालिका–४ का वडाध्यक्षले शिद्धबाबा भ्युटावर निमार्णले सिन्धुलीमा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले ऐतिहासिकस्थल शिद्धबाबा मन्दिर नजिक भ्युटावर निर्माणमा आफ्नो भूमिका रहेको बताए । अध्यक्ष ढकालका अनुसार आधुनिक भ्युटावर निर्माण हुनेछ । यस्तै निर्माण व्यवसायीले भ्युटावरको निर्माण सम्झौताको समय अगाडि निर्माण गर्न प्रतिवद्धता गरेको छ ।

कमलामाई नगरपालिका–४ को सहयोग तथा बागमती प्रदेशको आयोजनामा शिद्धबाबा भ्युटावर निर्माण शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । कमलामाई नगरपालिका–४ का वडाध्यक्ष महेन्द्र ढकालको अध्यक्षता तथा बागमती प्रदेशसभा सांसद विनोद खड्काको प्रमुख आतिथ्यतामा घ्यालेख गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवी सुनुवार, शिद्धबाबा मन्दिर उपभोक्ता समितिका अध्यक्ष दिलीपकुमार थापा, निर्माण व्यवसायीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया