काठमाडौं । गीत संगीत भनेको एक फरक खालको आत्मसतुष्टि र दुःख शुखमा मन भुलाउन सहयोग मिल्ने विधा हो । प्रायः लोकदोेहोरी गीत शहर बजारभन्दा गाउँघर घाँसदाउरा र मेलापातमा जाँदा बढी गुञ्जमान हुने गर्दछ । तर, पछिल्लो समयमा शहर बजारमा पनि लोकदोेहोरी व्यापक चर्चा हुँदै आएको पाइएको छ ।
यस्तै, गायक बन्न चाहेर यस क्षेत्रमा होमिएर कतीपय सफ कलाकार पनि बनेका छन् भने कतीपयले लगानी उठाउन समेत धौधौ भएको पाइन्छ । तीनै सफल हुने मध्येका एक गायक तथा सर्जक हुन् गंगाप्रसाद घिमिरे । उनी पछिल्लो समय गायन र गीत लेखनको मोहमा जम्दै गएका छन् ।
मोरङ जिल्लाको पथरी शनिश्चरे– ३ मा जन्मिएका गायक घिमिरे आज भोलि गीत संगीतमै व्यस्त भएको बताउँछन् । सुरुवातमा गाउँघरमा घाँसदाउरा गर्दा र उकालीओराली भन्ज्याङ चौतारी हुँदै मुखारवृन्दबाट गीत गुनगुनाउने गरेको उनले सुनाए ।
‘सानैदेखि रेडियोमा बज्ने गीत सुन्दा मलाई पनि गायक बन्ने रहर चल्यो र पुराना लोकभाकालाई आफ्नै मुखले गुनगुनाउने गर्थेँ’, गायक घिमिरे भन्छन् । मोरङमै बाल्यकाल बिताएर देशको केन्द्रीय राजधानी काठमाडौंंबाट अंग्रेजी बिषयमा स्नात्तकोर पास गरेका घिमिरेले अहिले भने युरोपेली मुलुक नर्वेलाई आफ्नो कर्मथलो बनाउँदै आएको जानकारी दिए ।
स्कुले जीवनमा धेरै कार्यक्रमहरुमा सहभागिता जनाएर उनले विभिन्न पुरस्कारसमेत प्राप्त गरिसकेका छन् । आफ्नो गायन यात्रा ‘पूर्वेली मायाले’ बोलको गितबाट सुरुवात गरेको घिमिरेले सुनाए । यस सांगीतिक क्षेत्रमा चर्चित तथा हिट गायक भन्दा पनि मौलिकतालाई कदर गरेर एक सफल गायकको रुपमा आफूलाई स्थापित गराउन प्रयासरत रहेको उनले धारणा राखे ।
‘अहिलेको जमानामा केही कलाकार मौलिकतालाई लत्याएर कमाउधन्दा र हिट हुनेतिर लागेका छन्, तर म यस्ता प्रवृत्तिलाई गलत ठान्दछु’, घिमिरे भन्छन् । उनले देशमा मात्र नभई विदेशमा पनि नेपाली संगीतका विभिन्न विधामार्फत आफूलाई प्रस्तुत गर्ने क्रममा रहेको सुनाए । साथै, गायक घिमिरेले ‘चट्ट कपाल,’ ‘पहिलेको जस्तो लालज्योती,’ ‘मादलुको घिन्ताङ,’ ‘शिरैमाथि शिरफुल,’ ‘रामराम रेली सिक्री,’ ‘दुई चुल्ठी बाटेर,’ र ‘पूर्वपश्चिम रेल’ लगायतका गीत अब बजारमा आउने तयारीमा रहेको जानकारी दिए ।
युरोपेली मुलुक नर्वेमालाई कर्मथलो बनाउँदै नेपाली लोक संस्कृतिको जगेर्ना गर्न लागिपरेका गायक घिमिरे उतै रोजगारीसँगै अध्यनरत पनि भएको बताए । विदेशमै हुने विभिन्न कार्यक्रमहरुमा सम्मानित भइसकेका घिमिरे पछिल्लो समय ‘पुर्वेली मायाले’ बोलको गीतबाट एपिक म्युजिक अवार्ड सर्वोत्कृष्ट पुर्वेली गीतको शिर्सकबाट सम्मानित भइसक्नुका साथै केही अघि मात्रै नुवाकोटमा सम्पन्न ‘नाटयश्वर म्युजिक अवार्ड’ बाट पनि वर्षकै सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड प्राप्त गरेका छन् ।
अमेरिकाको न्युवोर्कमा सन् २०१९ मा सम्पन्न भएको वर्ल्ड नेपाली म्युजिक अवार्डमा लोकदोहोरी अन्तर्गत ‘बिन्दास जिउने हो’ बोलको गीतबाट पनि उत्कृष्ट १० को नोमिनेशनमा परेको उनले बताए । आफ्ना बुवा र आमा पनि यही क्षेत्रमा भएकाले आफूलाई थप प्रेरणा मिलेको घिमिरेले सुनाए । खासमा आफूले पूर्वेली र पश्चिमेली गीत गाउन मन पराउने भन्दै उनले जुन गितले आफ्नो संस्किृति बोलेको र जनचेतनामुलक हुन्छ त्यही गीत मन पराउने जिकिर गरे ।
प्रतिक्रिया