ढाकारामले ल्याए ‘मुला टमाटर’

काठमाडौं । लोकदोहोरी गायक ढाकाराम पौडेलले ‘मुला टमाटर’ बोलको नयाँ गीत ल्याएका छन् । उक्त गीतमा गायक पौडेलसँगै अर्का गायक राजेन्द्र कँडेल, दिक्षा सुनार र १२ वर्षीया बाल गायिका ममता कुमालले आवाज दिएका छन् ।

गीतमा गायक पौडेल आफैले शब्द रचना गरेका छन् भने संगीत गायक राजेन्द्र कँडेलको रहनुका साथै विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । त्यस्तै, कमल परियारले निर्देशन उक्त गीतको भिडियोमा दुर्गा श्रेष्ठको छायांकन तथा शौखिन तिमिल्सेनाको सम्पादन रहेको छ ।

साथै, नारायणी खत्री, बबिन ठकुरी, शरद एल्जी, विक्रम नेपाली, जोन वि बोम र मनोज घिमिरेले त्यस भिडियोमा अभिनय गरेका छन् । गायक ढाकाराम पौडेलकको आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

यसभन्दा अगाडि पनि धेरै गीत बजारमा ल्याइसकेका गायक पौडेलले भर्खरै सार्वजनिक उक्त गीतको शब्दमा माया प्रेमका विषय उठान गरिएको बताए ।

प्रतिक्रिया