कालिकोट । बढ्दै गएको कोरोना भाईरसका कारण हालसम्म कर्णाली प्रदेशमा ३० जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना भाईरसका संक्रमित घट्दै गएपछि हालसम्मको डाटा हेर्दा कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको हो ।
आइतबार दैलेखका एक जनाको मृत्यु भएपछि प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३० पुगेको हो । यसअघि सुर्खेतका १६ जना, दैलेखका ६ जना, सल्यान, रुकुमपश्चिम, कालिकोट र डोल्पाका एक–एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
आइतबार कोरोनाबाट दैलेखका ६४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणबाट गुराँस गाउँपालिका –५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको आज साढे ११ बजेतिर कोरोना विशेष अस्पताल (प्रदेश अस्पताल) सुर्खेतमा मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । माघ ७ गते संक्रमण पुष्टि भएका उनी लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित थिए । सरकारले कोरोना भ्याक्सिन ल्यायपनी मृत्यु हुनेको संख्यामा भने कमि आएको छैन ।
कालिकाेट
प्रतिक्रिया