समाजसेवि बोहोराले गरे दलित वस्तीमा बाटो पिज (फोटो फिचर)

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका– १३ थार्प गाउँ निवासी तथा हाल स्पेनमा बस्दै आएका समाजसेवी अक्कल बोहोराले छायाँनाथ रारानगरपालिका– १३ दलित वस्ती रुगा गाउँमा बाटो पिज गरिदिएका छन् । प्रत्येक वर्ष आफ्नो गृह जिल्ला मुगु आउने र आफैँ कामगरी समाजसेवामा लाग्ने बोहोराले यो वर्ष पनि गृह जिल्ला मुगु पुगेर जिल्लाका विभिन्न गाउँ वस्तीमा नागरिकको आवश्यकता अनुसारका काममा लगानी गरेर समाजसेवा गरेका हुन् ।

सशस्त्र प्रहरीका पूर्व राष्ट्रिय धावकसमेत रहेका समाजसेवी बोहोरा स्पेनमा ‘रारा कफी’ नामक होटल व्यावसाय गर्दै आएका छन् । त्यही व्यावसायबाट बोहोराले केही पैसा बचाएर विगत केही वर्षदेखि विभिन्न सामाजिक क्षेत्रमा लगानी गरी समाजसेवा गर्दै आएको र यो वर्ष बोहोरालउक्त वस्तीमा १ किलोमिटर बराबरको बाटो पिज गरेको र सोही वडाको थार्प गाउँमा देवता थार्प मस्टाको नाममा धारा निर्माण तथा थार्प गाउँको लागि आफ्नो आमा गोरी बोहोराको सम्झनामा कर्णाली नदिमा शव दाह गृह निर्माण गरेका छन् ।

एक महिनाको लागि जन्मस्थल मुगु आएका बोहोराले जनप्रतिनिधले गर्न नसकेका उदाहरणीय काम गरेको भन्दै बोहोरालाई सबैले प्रशंसा गर्नुका साथै भगवानका रुपमा हेर्ने गरेका छन् । रुगा गाउँका धनलाल लावडका अनुसार फोहोरले गर्दा रुगा गाउँ सबैभन्दा रुघा खोकिको लागि डर लाग्दो गाउँ हो ।

फोहोर र दुर्गन्धित गाउँलाई अक्कल बोहोराले रुगा गाउँको बाटो पिज गरेर स्वच्छ बनाउन गरेको कामलाई सबै नागरिकले प्रशांसा गरेको बताए । हिजोका दिनमा रुगा गाउँ फोहोर थियो अब पिसिसि भई सफा भएको र रुगा खोकी नलाग्नेमा ढुक्कभएको लावडको भनाई छ ।

१२० घरधुरी रहेको रुगा गाउँमा १ किलो मिटर बाटो पिज निर्माण गर्न र थार्प गाउँमा धारा निर्माण तथा आमाको सम्झनामा कर्णाली नदिमा शवदाह गृह निर्माण गर्ने करिब १० लाख लागत लागेको जानकारी दिनुका साथै यस काममा सहयोगको लागी अमेरीकामा बस्दै आएका दिपक रावतले १६ बोेरा सिमेन्ट सहयोग गरेको पनि बोहोराले बताए ।

उनी भन्छन्, ’हामीले आफैँ केही गर्न सक्छौँ, अर्काको मुख ताक्ने बानीको विकास भइरहेकाले त्यसको अन्त्य गर्न र जनप्रतिनिधिलाई समाजमा विकास गर्न सिकाई होस् भन्ने हिसाबले यो कार्यको थालनी गरेको हुँ ।’ आजसम्म आफूले मुगुलगायत जिल्ला बाहिरका भूकम्प पीडित, बाढी पीडितहरुलाई पनि सहयोग गरेको धावक बोहोराले बताए । आजसम्म विभिन्न देशमा सहयोग गर्नुका साथै धेरै ठाउँमा सामाजिक सहयोगमा आफूले स्वैच्छिक रूपमा सहयोग गरेको उनले बताए ।

बोहोराले यस अघिका वर्षमा पनि मुगु पुगेर छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १३ थार्पमा ३०० मिटर तथा छिमेकी गाउँ लापुगाउँमा ७० मिटर बाटो पिज गरी समाजको उदाहरणीय काम गरेको स्थानीय बताउँछन् ।

रुगामा मिलको व्यावस्थापन गर्ने

समाजसेवी तथा पूर्व राष्ट्रिय धावक बोहोराले छायाँनाथ रारा नगरपालिका– १३ स्थित रुगा गाउँको लागी कुटानी पिसानीको समस्या रहेको भन्दै मिलको पनि व्यावस्था गरिदिने बताए ।

अन्न पिस्न घण्टौ हिँडेर छिमेकी गाउँको परम्परागत घट्टामा गई अन्न पिस्न बाध्य भएकाले रुगा गाउँको लागि मिलको पनि व्यवस्था गरिदिने र यस्तो गर्दा अझै नागरिकलाई राहतको महसुस हुने समाजसेवी बोहोराले बताए ।

यस्तै बोहोराका बच्चै देखिका साथीहरुका अनुसार अक्कलको सानै उमेरमा चन्चले, मयालु, दयालु सबैलाई सहयोग गर्ने भावना भएको बताए । अहिले पनि मुगुका सबै दुखमा साथ दिँदै आएका बोहोरालाई मुगाली जनताले हरप्रकारले भगवाना मान्ने गरेको उनीहरुको भनाइ छ ।

यति मात्र नभइ बोहोराले मुगु जिल्लाका गरिब दिनदुखीलाई, मिर्गौला पीडितदेखि दीर्घरोगी, आगलागी पीडित, विद्यार्थी, केही गर्न सक्ने प्रतिभा भएकालाई आर्थिक सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया