पत्नीको हत्या गर्ने पक्राउ

सिन्धुली । आफ्नै पत्नीलाई बन्चरो प्रहार गरी हत्या गर्ने सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ चिसापानीका शेरबहादुर बजु पक्राउ परेका छन् । गत माघ ९ गते राती १२ बजेको समयमा उनकी पत्नी ३५ वर्षीय राममाया घलानलाई बन्चरोको पासोले टाउकोमा प्रहार गरी गम्भीर घांइते बताएका थिए । राममायाको जिल्ला अस्पताल हेटौँडा मकवानपुरमा उपचारको क्रममा गत माघ १० गते बिहान १० बजे मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहत खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो १ बजेको समयमा काभ्रेपलाञ्चोक बनेपा नागरपालिका–४ भण्डारी गाउँको जंगल छेउ बाटोमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुली जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया