अर्थबजार

घट्यो सुनको मूल्य

सौर्य अनलाइन २०७७ माघ १४ गते ११:२४ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय