हिमालयन बैकको सहुलियत सवारी कर्जा

काठमाडौ । हिमालयन बैंक लिमिटेडले इस्टर्न एजेन्सी प्रालिका ग्राहकलाई सवारी साधन खरिदका लागि सहुलियत दरमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बैंक र सो कम्पनी बिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भैसकेको बैकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र इस्टर्न एजेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले हस्ताक्षर गरेका हुन । हाल बैंकले मुलुकभर रहेका ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध गराईरहेको छ ।

प्रतिक्रिया