गृहमन्त्री थापा आउदा पार्टी कार्यकर्ताले नै दिएनन् चासो

कालिकोट । नेपाल सरकारका गृहमन्त्री समेत रहेका राम बहादुर थापा ‘बादल’ कालिकोट आउदा आफ्नै नेता कार्यकर्ता भनिनेहरुले पनि चाँसो दिएनन् । केपि समुहका नेता, कार्यकर्ताले पनि त्यति चासो र हौसला देखाएको पाईएन । प्रयाजसो राष्ट्रिय स्तरका नेता जिल्लामा आउदा नेतासँग सेल्फि खिच्ने, फलानो नेतासंग हामी भन्ने, फलानो नेता बोल्दै भनेर कार्यकर्ताले सामाजिक संजाल रंग्याउने गर्दथे तर तर सोमबार कालिकोटमा भएको केपी शर्मा ओली निकट समुहको जिल्ला भेलाको विषयमा कसैको सामाजिक सञ्जालमा पोष्ट भएको देखिन्न ।

मञ्चमा हेर्दा पनि बादलसँग बोलेको हाउभाउको दृश्य भन्दा त एउटा कुर्सी खालि पछि अर्को नेता बसेको दृश्य देखिन्थ्यो । यसको विश्लेषण गर्दा कालिकोटमा पार्टी एकतामा केही पूर्व एमाले केपी ओली क्षेत्रमा छ, तर पूर्व माओबादी कालिकोटमा शुन्य छ । त्यसकारण पनि कालिकोटमा बादलको कार्यक्रमले त्यति महत्त्व पाएन ।

कार्यक्रममा बादललाइ आफ्नै कार्यक्रममा आएका प्रति पनि त्यति बिश्वास नभए जस्तो व्यवहार सुरक्षा व्यवस्थाले देखाएको थियो । कार्यक्रममा सहभागी सवैको कडा चेक–जाँच गरेपछि मात्र कार्यक्रम स्थल प्रस्थानको गेट खुला हुन्थ्यो, भने बजारमा सवारीसाधन मोटरसाकलार्इ समेत प्रतिबन्ध थियो । तर बादलले बोलेको भाषणको पनि बिपक्षी दलका नेताले निकै टिका टिप्पणी गरेको भेटिन्थियो।

बादलले अरूलाई स्वार्थि नेता भन्दा बिपक्षीको आरोप पनि बादल प्रति त्यहि थियो । अनेरास्ववियुका केन्द्रीय सदस्य भिमप्रसाद आचार्यले बादल महास्वार्थि रहेको बताए । सौर्य दैनिकसँग कुराकानी गर्दै उनले भने, ‘बादलले स्वाद र स्वार्थका लागि इतिहास र संविधान भुले ।’ माधव–प्रचण्ड पक्ष नेकपाका कार्यकर्ताले भने बादलको उपस्थिति संगै सोमबार दिनभर कतै कालो झन्डा, कतै कालो बेलुन त कतै टायर बालेर सडक वा आसपासका ठाउँमा प्रदर्शन सँगै ओली सरकारको बिरोध गरिराखेका थिए ।

प्रतिक्रिया