सुरेन्द्रलाई सर्वोत्कृष्ट अवार्ड

काठमाडौं । ‘सातौं नेसनल क्यापिटल अवार्ड २०७७’ मा विभिन्न स्रष्टालाई सम्मान गरिएको छ । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको अवार्ड कार्यक्रममा सुरेन्द्रकुमार दाहालले सर्वोत्कृष्ट मोडलतर्फको अवार्ड पाएका छन । लामो समयदेखि म्युजिक भिडियोमा देखिँदै आएका दाहालले यसअघि पनि थुप्रै अवार्ड तथा सम्मान पाइसकेका छन् । मोडलिङ क्षेत्र रुचिको क्षेत्र भएकाले यसै क्षेत्रमा संघर्ष गरेको मोडल दाहालले बताए ।

नेपाल पर्यटन बोर्डमा सम्पन्न अवार्ड कार्यक्रममा दाहाल सर्वोत्कृष्ट मोडल लोकदोहोरीतर्फबाट हात पारेका हुन् । दाहालले अहिलेसम्म विभिन्न राष्ट्रिय स्तरका अवार्ड पाँचौ पृथ्वी लोक दोहोरी अवार्ड, पाँचौ राष्ट्रिय राप्ती म्युजिक अवार्ड, नेपाली आर्ट कल्चर म्युजिक अवार्ड र विभिन्न राष्ट्रिय स्तरका सम्मान र देशको विभिन्न राष्ट्रिय स्तरका कार्यक्रमहरुमा प्रस्तुती पनि दिइसकेका छन ।

गायक शिव परियार र गायिका अञ्जु पन्त उत्कृष्ट गायक गायिकाको अवार्ड पाएका छन् । गायक परियारले मेरो भागको ‘खुसी’ गीतबाट अवार्ड चुमेका थिए भने अञ्जु पन्तले ‘थोपा थोपा आँसु’ बाट उत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् । त्यसैगरी यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्रतिष्ठित गीतकार उन्नती शीला बोहोरालाई प्रदान गरियो ।

शान्तिप्रियलाई पत्रकारिता रजत सम्मान र गीतकार युवराज अधिकारीलाई स्रष्टा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । गायक छिरिङ भुटियालाई राष्ट्रिय संगीत सम्मान, संगीतकार सन्तोष श्रेष्ठलाई दशकको संगीत सम्मान, च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान, घनश्याम राजकर्णिकारलाई साहित्य सम्मान, पत्रकार दिनेश थापालाई पत्रकारिता पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया